काठमाडौँ । सर्लाही नापी कार्यालयका कर्मचारी मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कार्यालय सहयोगी विनोद घिमिरेको उपचारको क्रममा मृत्यु भएको नापी अधिकृत अनवर्ष साहले बताए ।
बागमती नगरपालिका वडा नम्बर ५ का निवासी घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्युरो हस्पिटलमा मृत्यु भएको शाहले बताए ।

नापी कार्यालय मलंगवाका कर्मचारी सवार बी.आर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सोमबार राति ८ बजे नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका १० गम्हरियामा उखु बोकेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com