काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २७ महाबौद्धस्थित पसलभित्र राखिएको जाडोमा लगाउने सर्ट (कपडा)को एक बण्डल नगरप्रहरीले चोरेको घटनामा काठमाडौं महानगरप्रहरीले पीडित ‘जय माता पाथिभरा ट्रेडर्स’का संचालक सँग माफी मागेको छ।

काठमाडौं महानगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले चोरी भएको उक्त सामान पीडितलाई फिर्ता दिलाउने प्रतिबद्धता समेत जनाएका छन्।

यस घटनाको विषयमा महानगर प्रहरी बल, मध्य क्षेत्र शाखाका नगर प्रहरी निरीक्षक राधाकृष्ण थापालाई महानगर प्रहरी प्रमुख पाण्डेले स्पष्टीकरण समेत सोधेका छन्।

त्यसघटनामा ‘लापरबाही भएको प्रष्ट देखिएको’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।

थापा कमाण्डर भएर खटिएको टोलीबाट यो काम भएको भन्दै ‘पछिसम्म फरक नपर्ने गरी २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन’ भनिएको छ ।

शनिबार सटरभित्र रहेको समान नगरप्रहरीका कर्मचारीले चोरेको भिडिओ ग्लोबल नागरिकबाट सार्वजनिक भएको थियो । महानगर प्रहरीबलका कर्मचारीले पसलभित्रबाट कपडाको बण्डल चोरेको भिडिओ सार्वजनिक भएपछी महानगरप्रहरीको चौतर्फी आलोचना भएको थियो।

 

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com