काठमाडौं । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ।
प्रतिवेदन तयार पार्न गठित आयोगका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा बालकुमारी घटनामा बढी दोष मन्त्रीकै देखिएको छ । “घटनामा मन्त्रीकै कमजारी रहेको औंल्याइएको छ,” ती सदस्यले भने, “प्रतिवेदन पूर्णरुपमा गृह मन्त्रालयलाई बुझाएका छौँ । अब थप प्रक्रिया गृहले नै अघि बढाउला।”
पुस १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शन क्षेत्रबाटै आएपछि भीडले आगजनी गरेको थियो ।
प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार
प्रतिक्रिया