काठमाडौँ । थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन् ।
आरोपी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार
प्रतिक्रिया