काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले) को काँधबाट झार्नतिर नलाग्ने बताएका छन्।

बूढानिलकण्ठमा मंगलबार अपराह्न केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उपसभापति गुरुङले काँग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरेका हुन्।

advertisement

एमालेसँग मिलेर काँग्रेसले सरकार बनाउने सम्भावना पनि छ, यसबारे पार्टीमा छलफल भएको छ कि छैन भन्ने प्रश्नमा जवाफ दिँदै उपसभापति गुरुङले भने, ‘अहिले भर्खर त प्रचण्डजी हाम्रो काँधबाट एमालेको काँधमा चढ्नुभएको छ। फेरि उहाँलाई काँधबाट झारे एमाले र हामी मिलौँ भन्ने कुरा त भएन। यो नैतिकताले पनि दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौँ।’

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com