काठमाडौं । सामाजिक संजाल फेसबुकबाट गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कार्वाही गर्न अपिल गरेका छन्।
गृहमन्त्री लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!’
प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार













प्रतिक्रिया