काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो ।

२१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले भने, ‘समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले गर्छौँ ।’ स्थगित भएको दबाब यात्रा कहिलेबाट गर्ने भन्नेबारे भने रास्वपाले निर्णय लिएको छैन ।

advertisement

२१ फागुनबाट रास्वपा सरकारमा गएपछि विकास आयोजनामा दबाब यात्राले निरन्तरता पाएको छैन । यसबीचमा ३ वटा मात्रै आयोजनामा रास्वपाले दबाब यात्रा गरेको छ । २१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक-काठमाडौँ यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक-फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।

२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नु अघि रास्वपाले नारायणगढ-बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com