काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले चक्रपथ निर्माणकर्ताले जनताहरूको दुख नदेखेर महानगरले राखेको बोर्ड भने देखेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले चक्रपथ निर्माणमा ढिलाई हुँदा जनताहरूले भोग्नुपरेको दुख निर्माण कम्पनीले नदेखेको तर महानगरले राखेको बोर्ड देखेको बताएका हुन्।

advertisement

उनले लेखेका छन्, चक्रपथ सुधार आयोजनाको काम समयमै नसकिँदा जनताहरूले पाएको दुखको बारेमा महानगरले पटक पटक ध्यानाकर्षण गर्‍यो, सङ्घीय सांसदहरूले पनि पटक पटक कुरा उठाए तर कसैले कुरा सुनेको थिएन्। आवाज उठाउँदा पनि काम शंखेकीराको गतिमा चल्यो। त्यत्रो आवाज नसुन्ने र दुख नदेख्ने निर्माणकर्ताले ती १० फिट लामो र ५ फिट चौडा भएको बोर्ड चैँ देखेछन्।’

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com