काठमाडौँ । सहकारी ठगी प्रकरणका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबीच बिहीबार अपराह्न सिंहदरवारमा छलफल भएको हो ।
बैठकमा सहकारी ठगी प्रकरणमा काँग्रेसले उठाएका प्रश्नहरूबारे गृहमन्त्री लामिछानेसँग दाहाल र ओलीले चासो राखेका थिए ।
लामिछानेले यसबारे आफ्नो कुनै कमजोरी नभएको भन्दै काँग्रेसले राजनीतिक मुद्दा बनाएको तर्क गरेका थिए ।
प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार
प्रतिक्रिया