काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन बनाएको छ । दाँत कोट्याउने सिन्का आयातमा ठूलो रकम विदेशिरहेको चर्चाकाबीच केन्द्रले सिन्का उत्पादन गर्ने मेशिन बनाएको हो ।
सिन्का उत्पादनका लागि आठ वटा मेशिनको एउटा सेट हुने र यसको मूल्य भ्याटबाहेक १८ लाख रुपैयाँ तोकिएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए । मेशिनमा केन्द्रले एक वर्षको पूर्ण ग्यारेन्टी दिएको छ ।
प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार
प्रतिक्रिया