काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन्।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताएका हुन्।

advertisement

उनले भने, ‘अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन। यसलाई मिलाऊ कि त्यसलाई मिलाऊ भन्दा को मन्त्री पर्छ पर्दैन भन्ने बेला छ। अहिले एउटा प्रवृत्ति छ, पुरानो त्यागको अवमूल्यन मात्रै होइन त्यसलाई अपमान गर्ने, त्याग र बलिदानको अपमान गर्न खोज्ने, योगदानलाई नकार्न खोज्ने प्रवृत्ति देखिएको छ। आन्दोलन र देशमा विभिन्न प्रवृत्ति पैदा भइरहन्छन्, समय समयमा।

हावाहुरी र असन्तुष्टिले ल्याउने प्रवृत्तिहरू यस्ताबाट प्रभावित नभई आफ्नो गन्तव्यतर्फ एमाले अघि बढेको जिकिर गरे।

 

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com