काठमाडौँ । लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाइने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको हो ।
हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउने गरी इजाजत पत्र दिने व्यवस्था छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार
प्रतिक्रिया