काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी ५ अर्ब ४६ करोड नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकमा यथावत रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार ग्लोबल आइएमई बैंकले ४ अर्ब ३२ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड नाफा कमाउँदै धेरै नाफा कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन् । त्यस्तै प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड र एभरेस्ट बैंकले २ अर्ब ९८ करोड नाफा कमाएको छ ।

चालु आवको १० महिनामा सबैभन्दा कम नेपाल बैंकले ५९ करोड ३ लाखमात्रै नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

कुनले कति कमाए ?

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com