काठमाडौं । प्रभु बैंकमा खाता खोल्दा करोडौं रुपैयाँ ठगी हुने तथ्य फेला परेको छ। केही दिन अगाडी आन्तरिक राजस्व कार्यलयले कुनैपनी कम्पनीको कारोबार कम्पनीको खाता बाट मात्रै गर्न पाउनेगरी सार्वजनिक सुचना जारी गरेपछि प्रभु बैंकको ठगी धन्दा अझै फस्टाउने देखिएको छ । बैंकिङ क्षेत्रमा नवसामन्तको रुपमा उदाएको प्रभु बैंकले आफ्नो कुनै पनि शाखामा कम्पनीको खाता खोल्दा जनतालाई ठग्ने गरेको तथ्य ग्लोबल नागरिकले फेला पारेको छ । बैंकले आफ्नो कुनैपनी शाखाबाट कम्पनीको खाता खोल्दा १० हजार रुपियाँ अनिवार्य डिपोजिट गर्न लगाएर नेपाली जनताको करोडौं रुपियाँ स्थापनकालदेखि आजसम्म ‘होल्ड’ गरेर राखेको छ ।

नेपाल सरकारले कम्पनीको सबै किसिमका भुक्तानीहरु बैंक मार्फत नै गर्नुपर्ने प्रावधानले कम्पनी वा संस्थाहरु बैंकमा जान अनिवार्य गरेको बेला प्रभु बैंकले भने उल्टै खाता खोलेर कारोबार गरेका आफ्नै संस्थागत ग्राहकलाई दिनहुँ लुटिरहेको छ ।

प्रभु बैंकमा कुनैपनी कम्पनीले खाता खोल्न चाहेमा बैंकले १० हजार रुपैयाँ डिपोजिट लिने गरेको छ र बैंकले कम्पनीको खाता खोलेदेखि बन्द नगर्दासम्म उक्त रकम ‘होल्ड’ गरेर राखिदिने गरेको छ ।

पैसा डिपोजिट राखे पनि उक्त रकमको बैंकले ब्याज त दिँदै दिँदैन तर पनि कानुनी रुपमा दिनुपर्ने सेवा सुविधाका लागि पनि महङ्गो अतिरिक्त शुल्क तिर्नपर्ने हुन्छ । प्रभु बैंकले चेकबुक, मोवाइल बैैंकिङ, एसएमएस बैंकिङ, स्टेटमेन्ट लिनका लागि ग्राहकले बैंकलाई महङ्गो अतिरिक्त शुल्क बुझाउन पर्छ । सोही प्रकृतिको खाता अन्य बैंकमा खोल्दा भने शून्य मौजातमा खोल्न सकिन्छ।

ग्राहक संख्या बारे कुनै तथ्य सार्वजनिक नगरेको प्रभु बैंकले करिब १५ लाख ग्राहक भएको र त्यसमध्ये कम्पनीका नाममा खोलिएका खाताहरुको संख्या २० हजार भन्दा धेरै भएको बैंकिङ विश्लेषकहरु बताउँछन् । रास्ट्रबैंक सँगको साँठगाँठमा ग्राहकलाई पाइला-पाइलामा लुटिरहेको प्रभु बैंकले नेपाली जनताको २० करोड रुपैयाँ बिना ब्याजमा चलाइरहेको छ । यसरी बिना ब्याज बैंक तथा बित्तीय संस्थाले लामो समय होल्ड गरेर हडप्नु सरासर ठगी हो। प्रभु बैंकले राष्ट्र बैंकको निर्देशिका विपरीत ठगी गरिरहेकोले कानुनी उपचार खोज्नुपर्ने कानुन व्यबसायीहरु बताउँछन्।

प्रभु बैंकमा कम्पनीको नाममा खाता खोल्न जाँदा चल्ती खाता खोलिदिने गरेको छ। यसरी खोलिएको खातामा जम्मा भएको पैसाको ब्याज आउँदैन। सानो पुँजी संकलन गरेर व्यापार गर्न चाहनेहरुलाई बैंकिङ सेवाबाट बञ्चित गर्ने घृणित कार्य रोक्नुपर्ने बताउँदै सरकारले आर्थिक कारोबार बैकिङ प्रणालीबाट गर्न अनिवार्य गर्ने र बैंकहरुले त्यसको फाइदा उठाउँदै लुट्नु अपराध भएको सरोकारवालाहरु बताउँछन् ।

त्यस्तै, ग्राहक ठग्ने र बैंक डुबाउने प्रभु बैंक संचालक र कर्मचारीको काण्डै-काण्ड को विशेष सामाग्री आगामी अंकमा प्रस्तुत गर्नेछौं ।

प्रकाशित मिति: २३ असार २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com