काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा पार्टीले बहुमत प्राप्त गर्ने गरी ‘मिसन– ८४’ केन्द्रित कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।
केन्द्रीय सचिवालय बैठकले गरेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहितको पछिल्लो निर्णयलाई अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै ओलीले देशभरका सबै कमिटीलाई त्यस्तो कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
तीनवटै तहको सरकारमा महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता थपिएको भन्दै उनले तीनवटै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउन भनेका छन् ।
प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार
प्रतिक्रिया