काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टी संस्थापन पक्षका नेताहरू देखिएका छन् ।
बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले समसामयिक विषयमा प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव छलफलका लागि पेश गरेका छन् । उक्त प्रस्तावको विरोधमा परराष्ट्रमन्त्री आरजु राणा र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत देखिएका हुन् ।
प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार
प्रतिक्रिया