काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे गृह सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाश तामाङको नागरिकता प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन्।

विद्या चापागाईंको युट्यूब सिरिज ‘हेर्ने कथा’ मा ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङको कथा हेरेपछि, प्रधानमन्त्री ओलीले तामाङलाई छिटो नागरिकता दिलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले प्रकाशको तत्कालको आवश्यकता नागरिकता रहेको भन्दै गृह सचिव अर्याललाई दुईदेखि चार दिन भित्रमा नागरिकता दिलाउने व्यवस्था मिलाउन आग्रह गरे। उनले भने, ‘प्रकाशलाई नागरिकता दिलाउन गृह सचिवलाई राति नै बोलाएर सहजीकरणको व्यवस्था मिलाउन निर्देशन दिएको छु।’

नागरिकता प्राप्त भएपछि प्रकाशले बैंक खाता खोल्न सक्नेछन्, जसले गर्दा उनलाई सहयोग गर्न चाहनेहरूले सजिलै सहयोग गर्न सक्नेछन्।

प्रधानमन्त्री ओलीले बुधबार विहानै सामाजिक सञ्जालमार्फत नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्रीको यो पहलले प्रकाश तामाङजस्ता व्यक्तिहरूको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिने र छिटो समाधान गर्न कदम चाल्ने संकेत दिएको छ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com