काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराधीहरूको कसैले पनि संरक्षण गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए।

उनले भने, ‘यो सानो देश हो, तीन करोड जनसङ्ख्या छ । यदि प्रत्येक व्यक्तिहरू आफ्नो ठाउँमा इमान्दार भए भने बदमासलाई तह लगाउन सकिन्छ । तिनीहरूलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरूलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरू नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरू हुन्। त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभूति दिने काम गर्नु हुँदैन।’

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com