काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहलाई सो आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेनजी सांग्रिला होटेल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्, नेपाली जनताले तपाईँको असलियत बुझ्ने दिन धेरै टाढा छैन ।’
प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार
प्रतिक्रिया