झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५९ जनालाई ‘फुड पोइजन’ भएको छ। अर्जुनधारा– ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो। सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो। प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन्।

बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन्। बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ।

त्यस्तै, केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल भर्ना भएका केही भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com