झापा । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित भारतीय बुबा छोरा पक्राउ परेका छन्। लागूऔषधसहित भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर– ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

होटेलमा लागू औषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा-छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

 

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com