काठमाडौं । सामाजिक संजालमा अझैपनि चर्चित गीत दुरी मजबुरीको सर्जक सिडी विजय अधिकारी र त्यही गीतको ट्युनबाट चर्चित ‘एनएक्समस म्युजिक’ को सहकार्यमा अर्को नयाँ गीत अबिरल मायाको कोशेली भर्खरै रिलिज भएको छ। 

गीतकार पुनम मोथेको शब्द, सिडी विजय अधिकारीको संगीत र आवाज, अभिजङ्ग क्षेत्रीको संगीत संयोजनमा रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीले अभिनय गरेका छन् भने भिडियो निर्देशन सन्तोष राजबहाक , क्यामेरा ज्ञानेन्द्र शर्मा हुमागाइं तथा सम्पादन दिन्सन शाहले गरेका छन्।

सुन्दर मनछुने कथाबस्तु रहेको म्युजिक भिडियो पूनम मोथे अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ। 

प्रकाशित मिति: ८ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com