काठमाडौँ । २४ गते बिहीबार फूलपातीदेखि रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ ।

सँगै रिलिज भएका ‘छक्का पन्जा ५’ र १२ गाउँ’को तुलनामा कम शो पाएको फिल्मको वर्ड अफ माउथ पब्लिसिटीका कारण सुरुवातको भन्दा अहिले शो समेत बढेको निर्देशक वसन्त निरौला बत्ताउँछन् ।

फिल्मको आम्दानी सोचजस्तो नरहेपनि राम्रो रहेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्मले अहिलेसम्म कति कमायो भनेर देशभरको हिसाब आज बल्ल मगाएको छु’, श्रेष्ठले भने ‘भोलि मात्र सबै आम्दानी सार्वजनिक हुन्छ ।’ फिल्मको रिलिजको समय भन्दा अहिले शो समेत थपिएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com