काठमाडौं । अभिनेता विपिन कार्कीलाई दोस्रो सन्तानको रुपमा पुत्रीलाभ भएको छ । उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा सन्तानलाई जन्म दिएकी हुन् ।

‘दोस्रो पटक पनि लक्ष्मीको आगमन भएको छ । हामी खुसी छौं’ विपिनले भने, ‘अस्पतालबाट डिस्चार्ज भएर घरमा पुगेर म फिल्मको काममा फर्किन्छु ।’

विपिन लगत्तै ‘ऊनको स्वीटर’को छायांकनमा ब्यस्त हुँदैछन् । यो फिल्मको १० दिनको छायांकन तालिका बाँकी छ । यो फिल्मको छायांकन हुँदाहुँदै विपिनलाई मातृशोक परेपछि छायांकन रोकिएको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com