मेष राशी: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला
। मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा
मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ।

वृष राशी: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् ।
जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा
हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्ने छ।

मिथुन राशी: (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ
ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको
प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर मिल्नेछ।

कर्कट राशी: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु
बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन
सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ।

सिंह राशी: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज निर्णय कार्यान्वयन हुन नसक्ला ।
आत्मबलमा कमी आउने र मनमा दुबिधा
उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

कन्या राशी: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च
हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला
। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

तुला राशी: (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ।
फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।
पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि मिल्नेछ।

वृश्चिक राशी: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कार्य सिद्धिको योग छ । विपरित
वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक
कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नुहोला ।

धनु राशी: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी खालको समय रहनेछ । सद्विचारले
अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

मकर राशी: (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)
आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना
छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि
बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ।

कुम्भ राशी : (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ ।
गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक
कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ।

मीन राशी : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ
। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय
आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com