काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरप्श्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमाआंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरप्श्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com