काठमाडौं । विराज भट्टले निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । फिल्मले पहिलो सातामा १० करोड ५ लाख कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।

त्यसपछिको कलेक्सन भने केही दिन पछि सार्वजनिक हुनेछ । फिल्मले देशभर राम्रो शो पाइरहेको छ ।

छक्कापञ्जा ५ भन्दा धेरै शो पाइरहेको ‘१२ गाउँ’ कमाइमा पनि अगाडि रहेको छ । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com