नेपाली काङ्ग्रेसमा पार्टी विद्राेह गरेर स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार साह जनकपुरधाम उपमहानगरपलिका को मेयर मा विजयी भएका छन् । सत्ता गठबन्धनले जनकपुरधामको मेयरमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्राेह गरेर साह स्वतन्त्र उम्मेदवारि दिएका थिए । उनि १३,४६५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साहले ९,५३२ मत प्राप्त गरे भने गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लाल किशोर साहले ५,१९४ मत प्राप्त गरे ।
प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार
प्रतिक्रिया