जनकपुरधाम । धनुषा प्रशासनले जनकपुरधाममा बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको विरोधमा जनकपुरधामका विभिन्न स्थानमा बिहानदेखि प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लागू गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ।

प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिभर सम्बन्धित क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ तथा आवतजावत निषेध गरिएको छ।

शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ। साथै, सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com