काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।
यसअघि सोमबार तोलाको १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ५ रूपैयाँले बढेर चाँदी प्रतितोला २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
जुन अहिलेसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार
प्रतिक्रिया