काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

९६ वर्षीया रत्न राज्यलक्ष्मीलाई स्वास्थ्य समस्या देखिएपछि राती नै अस्पतालमा भर्ना गरिएको थियो। छातीमा सङ्क्रमण देखिए पनि उनको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकका अनुसार, उनलाई घाँटीमा कफ जम्नेलगायतका समस्याका कारण अस्पतालमा भर्ना गरिएको हो, र केही दिन यहाँ राखिनेछ।

 

प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com