काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।
आफ्नी प्रमुख प्रतिस्पर्धी कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प बुधबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार
प्रतिक्रिया