काठमाडौं । पूर्वी चीनको वुसी शहरमा एक विद्यार्थीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको अन्धाधुन्द चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यस्तै ती युवाको आक्रमणबाट १७ जना घाइते भएका छन् । चक्कु प्रहार गर्ने २१ वर्षीय युवकलाई स्थानीय समयअनुसार शनिबार साँझ १८ः३० बजे पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् र यस घटनामा अनुसन्धान जारी रहेको छ ।

स्नातकको परीक्षामा असफल हुनु र इन्टर्नशिपको तलबसँग असन्तुष्ट हुनु आक्रमणको कारण रहेको ती युवाले बयान दिएका छन् ।

यो घटना गत सोमबारको एक अर्को नरसंहारसँग जोडिएको छ । जहाँ दक्षिणी चीनको झुहाइ शहरमा एक व्यक्तिले कारले ठक्कर दिएर ३५ जना व्यक्तिको हत्या गरेका थिए ।

विवाह टुटेका कारण आफूले यस्तो घटना घटाएको ती व्यक्तिले बयान दिएका थिए ।

  • एजेन्सी

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com