काठमाडौं । रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेको हिरासत फोटो भन्दै एक तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भईरहेको छ। डा. निकोलस भुसालले दुई दिन अगाडि आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त तस्बिर सार्वजनिक गरेका थिए। तर उनले उक्त तस्बिर पछि संजालबाट हटाएका थिए।

निकोलस भुसालले उक्त तस्बिर आफुले खिचेको भन्दै माफी पनि मागेका छन्। निकोलसले सामाजिक संजालमा लेखेका छन्, – ” यो फोटो रियल हो मैले नै खिचेको हो ग़ल्ती भको हो माफ़ी चाहन्छू । म बाट कसैलाई दोष लगाउने या ख़राब नियत थीएन । भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौशला प्रदान गर्न गको थीए ।”

उक्त तस्बिर सार्वजनिकपछि हिरासतमा रहेका लामिछानेलाई भेट्न रास्वपा कोषाध्यक्ष दीपक बोहरा कास्की प्रहरी हिरासत पुगेका थिए । लामिछानेलाई उद्धृत गर्दै बोहराले भने – ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’

उक्त तस्बिर हिरासतमा रहेका लामिछानेकै भएपनी तस्बिर भने प्रहरीले सार्वजनिक गरेको नभई आफुलाई अभियन्ता भन्न रुचाउने डा. निकोलस भुसालले खिचेको निकोलस आफैले स्विकार गरेका छन्।

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com