एजेन्सी । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको सङ्ख्या १८ पुगेको हो ।
यसअघि पोडुचेरीमा ३ र ५ वर्षका दुई बालबालिकामा एचएमपीभीको संक्रमण भेटिएको थियो । बच्चालाई ज्वरो र खोकी लागे पछि अस्पतालमा भर्ना गरिएको तर अहिले निको हुँदै गइरहेको बताइएको छ ।
भारतमा सबैभन्दा धेरै एचएमपीभी सङ्क्रमित गुजरातमा भेटिएका छन् । त्यहाँ यो सङ्ख्या ४ रहेको छ । त्यस्तै, महाराष्ट्रमा ३, कर्नाटक र तमिलनाडुमा २/२, र उत्तर प्रदेश, राजस्थान, आसाम र बंगालमा १/१ एचएमपीभी सङ्क्रमित भेटिएका छन् ।
एचएमपीभी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि राज्यहरूले सतर्कता बढाएका छन् । पञ्जाबमा वृद्धवृद्धा र बालबालिकाहरूलाई मास्क लगाउन सल्लाह दिइएको छ । गुजरातका अस्पतालहरूमा धमाधम आइसोलेसन वार्डहरू बनाउने काम भइरहेका छन् ।
हरियाणामा पनि स्वास्थ्य विभागलाई एचएमपीभी संक्रमितहरूमाथि नजर राख्न आदेश दिइएको छ ।
प्रकाशित मिति: १ माघ २०८१, मंगलबार
प्रतिक्रिया