काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धि अध्यादेश संसदमा पेस गर्दा सच्चाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई होल्ड गरेका थिए । तर प्रधानमन्त्रीले त्यसबारे बुधवार बिहान राष्ट्रपतिलाई फोन गरेर संसदमा पेस गर्दा सच्चाएर लैजाने बताएपछि बुधवार बेलुका मात्र राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका थिए ।

‘प्रधानमन्त्रीजीले राष्ट्रपतिलाई बुधवार बिहान फोन गरेर अहिलेलाई जे भयो भयो । यो केही समयलाई मात्र हो । संसद् खुलेपछि संसदमा लैजाँदै यो सच्चाइन्छ । यो एक पटक मात्र लागु हुन्छ’,प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो ।

तर प्रधानमन्त्रीले बुधवार पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिलाई अध्यादेश अध्ययन गर्न समय लागेकाले जारी हुन केही ढिलो भएको दाबी गरेका थिए ।

प्रकाशित मिति: २ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com