काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् ।

दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाब एक्लै लड्ने बताएका छन । उनले एमालेसँग अब मिल्ने सम्भावना नरहेको पनि बताए ।

advertisement

‘२०७४ सालको निर्वाचनपछि एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै गरेको हुँ । तर, पार्टी एकता धेरै टिक्न सकेन । त्यसपछि फेरि म प्रधानमन्त्री हुँदा सहकार्यको निर्णय लिएँ, त्यो पनि टिक्न सकेन,’ उनले भने, ‘त्यसैले अब एमालेसँग मिल्ने सम्भावना छैन ।’

अध्यक्ष प्रचण्डले माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजिएको बताए । ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो । त्यसको पनि समीक्षा गरेर हामी मंसिरमा भएको उपनिर्वाचनमा एक्लै चुनावमा होमियौँ र राम्रो नतिजा पनि ल्यायौँ,’ उनले भने, ‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ ।’

प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com