काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको रहस्यमयी आगलागीका कारण महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ।

यो घटना धरान नगरप्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) लाई पत्र पठाएको भोलिपल्टै भएको हो। जसकारण आम नागरिकमा शंका उब्जिएको छ।

advertisement

साम्पाङले हिजो(शुक्रवार) अख्तियारलाई पत्र लेख्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मासँग २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँको स्पष्ट हिसाब माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेका थिए।



नगरप्रमुख साम्पाङले विश्वकर्माविरुद्ध छानबिन गरी दोषी ठहरेमा कानुनी कारबाहीको मागसमेत गरेका छन्। उनका अनुसार विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा एशियाली विकास बैंक (ADB) बाट १ अर्ब ५० करोडको ऋण तथा अनुदान ल्याएर धरानको खानेपानी आयोजनामा खर्च भएको बताएका थिए।

तर, धरान उपमहानगरपालिकाको लेखा शाखाबाट प्राप्त आधिकारिक विवरणअनुसार उक्त आयोजनामा ऋण र अनुदान गरी कुल १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्र खर्च भएको देखिएको बताएका थिए । नगरप्रमुख साम्पाङले बाँकी रहेको २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ कहाँ, कसरी खर्च भयो भन्ने स्पष्ट विवरण माग गर्दै अख्तियारमा उजुरी दिएको २४ घण्टा नबित्दै खानेपानी मन्त्रालय (सिंहदरबार) मा आगलागी भएको र महत्त्वपूर्ण  कागजपत्रहरु जलेर ध्वस्त भएको छ ।

आज बिहान पौने ८ बजे खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्ष रहेको थियो ।

आगलागीको कारण मन्त्री यादवको कार्यकक्ष ध्वस्त भएको छ। मन्त्रालयमा रहेकाे तीन कोठामा आगलागी भएको थियो । उक्त काेठामा रहेकाे काजगपत्र जलेर ध्वस्त भएकाे छ ।  उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको थियो । तर भौतिक मन्त्रालयमा भने क्षति भएको छैन ।

आगो लाग्ने कारणबारे अनुसन्धान भइरहेको भए पनि कतिपयले यसलाई सरकारी कागजात (प्रमाण) नष्ट गर्न गरिएको षड्यन्त्रको रूपमा हेरिरहेका छन्। तर, खानेपानी मन्त्री प्रदीप यादवले महत्त्वपूर्ण (फाइल) कागजातहरु नजलेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com