काठमाडौं – चर्चित गायिका प्रीति आले र गायक सूर्य राईको सशक्त प्रस्तुति रहेको नयाँ गीत ‘बरको छायाँले’ सार्वजनिक भएको छ। नारायण नेपालद्वारा लिखित उक्त गीत लोक र आधुनिक संगीतको मिश्रणमा आधारित दोहोरी ब्याटल शैलीमा तयार पारिएको छ।

गायक सूर्य राई दनुवारकै संगीत संयोजनमा तयार पारिएको गीतलाई सञ्जय हमालले एरेन्ज गरेका छन्। गीतको भिडियोमा गायक–गायिका प्रीति आले र सूर्य राईसँगै उमेश कुमार, शीला गजुरेल, सुमन ज्योति न्यौपाने लगायतका कलाकारहरूको आकर्षक अभिनय रहेको छ।

advertisement

उक्त भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका छन्। जेएमडि क्रीयसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले श्रोता तथा दर्शकमाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

भिडिओ:

 

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com