चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेकाे नाम्सी पुलमा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार वर्षासँगै खसेको पहिराेका कारण गए रातिदेखि सडक बन्द भएको हो । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको पनि उनले बताए । पहिराेकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।
प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार
प्रतिक्रिया