काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा फोहर भएको र भौतिम संरचनामा क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिबाना तिराउने पत्र काटेको थियो ।

advertisement

राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com