काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति पदमा ६ जना उम्मेदवारहरुबाट मनोनयन दर्ता भएकोमा रमेश दुवाडी र विवेक शमशेर ज.ब.रा अयोग्य ठहर भएसँगै चुडामणी चापागाईं, बद्री खनाल र कर्मचारी संचय कोषका प्रतिनिधि ध्रुव भट्टराई निर्विरोध भएका छन्।
लक्ष्मी भट्टराईले उम्मेदवारी दर्ता गराएकोमा उनले पछि पुन: उम्मेदवारी फिर्ता लिएसँगै सर्वसाधारण शेयरधनीको तर्फबाट चापागाईं र खनाल निर्विरोध भएका हुन्।
विवेक शमशेर ज.ब.रा नेपाल बैंकको संचालकबाट हटेको ६ महिना अबधि नपुगेको देखिएकोले नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन बिभागबाट जारी इ.प्रा निर्देशन नं ६ को दफा १९ (१) उल्लंघन भएको कारण उनको उम्मेदवारी खारेज भएको हो।
ग्लोबल नागरिक न्युज प्रभाव : रमेश दुवाडी अयोग्य ठहर
त्यस्तै, कृषि विकास बैंकमा रहँदा कर्जा हिनामिना र शैक्षिक कागजात किर्ते गरि अध्यक्ष बनेका दुवाडी नेपाल बैंकको सञ्चालक बन्ने दौडमा देखिएका थिए।
उनि यसअगाडि नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा कृषि विकास बैंक लि. मा सञ्चालक सदस्य भएका थिए । २०७९।०८।२९ देखी २०७९।११।०३ सम्म सञ्चालक समितिको अध्यक्ष पनि भएका थिए । शैक्षीक योग्यता नै नपुगि शैक्षीक कागजात किर्ते गरि अध्यक्ष भएको भन्दै चर्को आलोचना भएको थियो । अध्यक्ष रहेको बेला उनिमाथि कर्जा हिनामिना र शैक्षिक कागजात किर्ते गरेको आरोप लागेकाले उनले दुई महिनामै राजिनामा दिनु परेको थियो ।
कृषि विकास बैंकमा किर्तेगरी अध्यक्ष बनेका दुवाडीको नजर नेपाल बैंकको सञ्चालकमा
तर, फेरि उनै दुवाडीले आफ्नो योग्यता विपरीत चलखेलका आधारमा नेपाल बैंकको संचालक बन्ने दाउमा देखिएको समाचार ग्लोबल नागरिकमा प्रकाशन् भएको थियो। योग्यता बिपरित संचालक बन्ने दौडमा रहेका दवाडी अयोग्य रहेको भन्दै उनको उम्मेदवारी नै खारेज भएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार
प्रतिक्रिया