गुल्मी । गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ की २४ वर्षीय एक महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी थिइन। त्यस लगत्तै निजका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएका थियो।

ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । उनीहरुको विवाह वि.सं २०६८ सालमा भएको थियो । उक्त दम्पतीका दुई सन्तान समेत रहेका छन् ।

 

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com