काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट आइतबार दिउँसो पक्राउ गरेको छ ।

वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध विरोध जनाउँदै सिंहदरबारको प्रांगणमै प्रदर्शनमा उत्रिएका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ नेता ज्ञानेन्द्र शाहीसमेत रहेका छन्। उनीहरूलाई प्रहरीले भ्यानमा राखेर सिंहदरबार परिसरमै थुनिएको छ ।

advertisement

प्रदर्शनका क्रममा उनीहरूले “राजसंस्थाको समर्थनमा” र “वर्तमान व्यवस्थाविरुद्ध” विभिन्न नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए। सुरुमा प्रहरीले ती पम्प्लेटहरू खोसेको थियो। त्यसपछि स्थिति तनावग्रस्त बनेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेपछि अध्यक्ष लिङ्देनले सरकारप्रति आक्रोश पोख्दै भने, “लोकतन्त्रको नाममा बोल्न र शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारसमेत खोसिएको छ।”

राप्रपाले आइतबार निषेधित क्षेत्रको घेराभित्रै गएर प्रदर्शन गर्ने घोषणा गरेको थियो। सोही योजना अनुसार, पार्टीका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको नजिकै जम्मा भएका थिए भने केही नेता सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भई प्रदर्शनमा उत्रिएका थिए । राप्रपाको प्रदर्शनको उद्देश्य तीनकुने घटनाको निष्पक्ष छानबिन, पार्टी नेताहरूको रिहाइ र राजसंस्थाको समर्थनमा जनमत जुटाउनु रहेको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com