काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।

मंगलबार उक्त इजलासमा रिटमाथि सुनुवाइ हुने भएको हो ।  यसअघि उक्त रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर, सोमबार फुयालको इजलासले ‘हेर्न नमिल्ने’मा राखेको थियो । रिट रवि लामिछानेकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा दायर गरेकी हुन्।

advertisement

यसअघि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश बदर गरियोस् भन्ने मागसहित सर्वोच्चमा दायर अर्को रिटमा चैत ३१ गते भएको सुनुवाइपछि सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो।

लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन्।

रूपन्देहीस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालत तुलसीपुरले जिल्ला अदालतको आदेश बदर गर्दै चैत २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com