काठमाडौं । र्‍यापर  जी-बब , उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीहरुबीच तीन बुँदे सहमति भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ । ‘केही समयको लागि नीजले चाहेको समयमा आमा बुबालाई भेट गराउने ब्यवस्था समर्पण समाज नेपाल, कपनले मिलाउने’ सहमतिको दोस्रो बुँदामा भनिएको छ ।

साथै, कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनुपर्ने पनि भनिएको छ।

यसअघि जी–बबले आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका थिए । आमाबुबाले पनि उनलाई बन्धक बनाइएको भन्दै उजुरी दिएका थिए ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com