काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई शिक्षकहरूको जायज माग समाधान गर्न गम्भीर पहल गर्न सुझाव दिएका छन्। पार्टीको संसदीय दल बैठकमा उनले निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू संसद् बाट  पारित गराउन पार्टीका सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।

उनको निजी सचिवालयका अनुसार, अध्यक्ष दाहालले हाल शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै ती समस्या समाधानका लागि सरकारलाई पनि आग्रह गरिएको स्पष्ट पारेका छन्।

advertisement

बैठकमा बोल्दै अध्यक्ष दाहालले ‘तराई–मधेस जागरण अभियान’ मार्फत माओवादीप्रति पुनः जनआस्था बढ्दै गएको उल्लेख गर्दै जनसमर्थन भएका व्यक्तिहरू पार्टीमा आवद्ध भइरहेकाले संगठन थप सशक्त बनेको बताएका थिए।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली, पार्टीको भूमिका तथा जनताका अपेक्षासम्बन्धी विषयमा पनि विस्तृत छलफल गरिएको थियो।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com