काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा जिप र स्कुटरबीच भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

ना ५ च २६४४ नम्बरको बोलेरो जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर–६ इन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्लेले घटनास्थलमै ज्यान गुमाएकी हुन्। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले घटनाबारे जानकारी दिएका छन्।

advertisement

ठक्करपछि जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो। पल्टिएको जिपले स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

दुर्घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com