काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रित्तिएको छ। रास्वपाको खोटेहाङ गाउँ कार्यसमितिका सभापति प्रदीप आचार्यसहित समिति नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेपछि रास्वपाको संरचना खाली भएको छ।

माओवादी केन्द्रको खोटेहाङमा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का खोटेहाङ गाउँ सचिवालय सदस्य तथा खोटेहाङ गाउँपालिका ४ का वडा सदस्य किरण राई र सचिवालय सदस्य प्रकाश कटुवाल पनि माओवादीमा प्रवेश गरेका छन्।

advertisement

शुक्रबारको प्रशिक्षण समापनमा रास्वपा र एमालेका नेता-कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेका आचार्यले रास्वपाको नेतृत्वको कार्यशैली र नीति जनपक्षीय नभएको बताए।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com