एजेन्सी । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन्।

जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

advertisement

यसैबिच, भारतीय सेनाले मे २-३ को राति पाकिस्तानी सेनाले जम्मू कश्मीरको कुपवाडा, उरी र अखनूर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलीबारी गरेको आरोप लगाएको छ । दुवैतर्फबाट लगातार नवौँ दिन गोलाबारी भइरहेको छ।

यता, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारको एक्स खाता पनि भारतमा ब्लक गरिएको छ। केही दिनअघि तरारले पाकिस्तानमाथि भारतीय आक्रमण भएको दाबी गरेका थिए।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com